१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युगाण्डामा आत्माघाति विष्फोट : ३ जनाको मृत्यु, ३० जना घाइते


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् ।

कम्पालाको संसद भवन नजिक व्यस्त बजारमा विष्फोट गराइदा ३० जना घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने त्यहाँको प्रहरीले जनाएको छ । इस्लामिक अतिवादी समुह आइ.एस.ले घटनाको जिम्मा लिएको छ । शहरका अन्य भागमा विष्फोट नभएका केही बम बरामद भएको प्रहरीको दावी छ ।