
काठमाडौं । कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ पनि गराएका छन् । पहिला कानुन मन्त्रीमा नियुक्त गर्ने भनिएपनि शाहीले असन्तुष्टी जनाएपछि कृषि मन्त्री बनाइएको हो ।
जीवनबहादुर शाही मुख्यमन्त्री बनेको दुई सातापछि बल्ल एक जना मन्त्री नियुक्त गरिएको हो । मन्त्रिमण्डललाई कहिलेसम्म पूर्णता दिने विषयमा छलफल भईरहेको प्रदेश मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्