६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कञ्चनपुरमा औलोका बिरामी बढ्दै


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा १७ जनामा औलो देखापरेको छ । उनीहरु मध्ये १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको औलोका बिरामी देखा परेका हुन् ।

भारतबाट आएका ३ जनामा प्लाज्मोडियम फाल्सिपेरम देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँले औलो निवारणका लागि अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भईरहेको पनि बताउनु भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार आर्थिक वर्ष २०७६/७७ मा एक सय १३ जना औलोका बिरामी भेटिएका थिए । कञ्चनपुरमा मलेरिया सार्ने खालको लामखुट्टे प्रशस्त भेटिने भएकाले औंलो निवारणमा थप चुनौती देखिएको छ ।