
काठमाडौं । नेकपा एमाले प्रदेश १ का प्रदेश सांसद हिक्मतकुमार कार्कीले हिम्मत भए राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कानुन बनाउन चुनौती दिनुभएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने क्रममा बोल्दै प्रदेश सभा बैठकमा बोल्दै कार्कीले हिम्मत भए १० प्रतिशतको कोटा राखेर राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कानुन बनाउन चुनौती दिनुभयो ।
एमाले फुटाउनका लागि मात्र ल्याइएको अध्यादेश संंसदमा ल्याए आफ्नो पार्टीले समर्थन गरेर पास गर्ने बताउनुभयो । ‘हिम्मत भए अध्यादेशलाई कानुन बनाउनुस्,’ उहाँले भन्नुभयो, ‘१० प्रतिशतको कोटालाई बनाएर ल्याए पनि एमालेले सहयोग गर्छ, म पनि केन्द्रीय कमिटीमा छु, सहयोग गर्न भनौंला ।’
कार्कीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताप्राप्तिका लागि राजनीतिक पार्टी फुटाएको आरोप लगाउनुभयो । फोर्ने काममा मात्र नलाग्न सुझाव दिँदै उहाँले फुटाउने र फोर्ने काममा नलाग्न आग्रह गर्नुभयो ।
‘हिजो पार्टी फोर्नुभो, हिजो स्याम्पियन फोर्नुभो, अहिले पार्टीका कार्यकर्ताको भावना फोर्दै हुनुहुन्छ, अलि पछि मन्त्रालय फोेर्दै हुनुहुन्छ, नबन्ने साथीहरुलाई मन्त्रालयको आश्वासन दिनुभयो, केही दिनपछि उहाँहरुको भावना फोर्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘तपाईंहरूको काम फोर्ने मात्रै हो ?’
प्रतिक्रिया दिनुहोस्