
काठमाडौं । नोभेम्बर महिनाको दोस्रो बुधबार विश्वभर नै मनाइने दम रोग (सिओपिडी) दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
श्वासप्रश्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडी समस्या नेपालमा पनि बढ्दो क्रममा रहेको छ । देशभर ११ दशमलव ७ प्रतिशत व्यक्तिमा सिओपिडीको समस्या रहेको र सबैभन्दा धेरै हिमाली क्षेत्रका व्यक्ति बढी प्रभावित भएको चिकित्सकहरूले जनाएका छन् ।
सिओपिडीको समस्या धुलो धुवाँ, धुम्रपान सेवन गर्ने र ४५ वर्ष माथि उमेर समुहका व्यक्तिमा बढी देखिने गरेको छ । ईमेजकर्मी छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरेको कुराकानीः–
प्रतिक्रिया दिनुहोस्