२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्छ : अध्यक्ष नेपाल


0
Shares

कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताउनुभएको छ ।

कैलालीको धनगढीमा नेकपा समाजवादीको प्रदेश पार्टी कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्ने धारणा राख्नुभयो ।

पाँच दलको गठबन्धनको बैठकले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको बताउँदै उहाँले प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानको पहल गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले पछिल्लो समय एमालेमा उत्पन्न भएको विवादले आफूहरू एमालेबाट छुट्टिएर एकिकृत समाजवादीमा आउनुपरेको बताउनुभयो ।

नेकपा एमालेमा कम्युनिष्ट पन र विचार हराउँदै गएको बताउँदै उहाँले कम्युनिस्ट सिद्धान्त बोक्ने सबै नेकपा समाजवादीमा गोलवद्ध हुन आग्रह गर्नुभयो ।