१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा


0
Shares

काठमाडौं । तीन सातादेखि अवरुद्ध सर्वोच्च अदालतको सुनुवाइलाई सुचारु गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फुल कोर्ट बोलाउनुभएको छ ।

सर्वोच्च र न्यायाधीशहरूको चर्को दवाव परेपछि प्रधानन्यायाधीश राणाले गोलाप्रथाबाट पेशी तोक्नेबारे छलफल गर्न फुलकोर्ट बोलाउनुभएको हो ।

सर्वोच्चमा केहीबेरअघि सुरु भएको फुलकोर्टमा गोलाप्रथाबाट इजलाश तोक्नेबारे छलफल हुने सर्वोच्च स्रोतले जनाएको छ । बैठकमा गोलाप्रथाद्वारा मुद्दा हेर्ने, निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ ।

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

यसैबीच आज सर्वोच्च प्रांगणमा आफूहरूको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ ।

विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो ।