
काठमाडौं । न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी भएको छ ।
जयपुरमा पाहुना टोली न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर १९ दशमलव ४ ओभरमा पूरा गरेको हो । योसँगै टी २० सिरिजमा भारत १–० ले अघि रहेको छ ।
मार्टिन गप्टिलले ७० तथा मार्क च्यापम्यानले ६३ रन जोडेपछि न्यूजिल्याण्डले भारतसामू सो स्कोर खडा गरेको हो । टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।
भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए ।
१ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाउँदा कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषभ पन्तले नटआउट १७ रन जोड्दा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्