
काठमाडौं । कानुन व्यवसायीहरूलाई आन्दाेलन नगर्न धम्की दिइएकाे छ ।
बिहिबार केही व्यक्तिहरू नेपाल बार एसोसियसन भित्र पसेर कानुन व्यवसायीहरूलाई आन्दाेलन नगर्न धम्की दिएका हुन् । ती मध्ये एक जनाले आफू ‘अमेरिकन इगल’ भएको बताएका थिए ।
उनले कानुन व्यवसायीहरू लाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका थिए ।
कानुन व्यवसायीहरूमाथि जथाभावी बोलेपछि उनीहरूले त्यसको प्रतिकार गरेका थिए । केही कानुन व्यवसायीले ढुंगा टिपेर हान्न खाेजेका थिए ।
बार परिसरमा उपस्थित कानुन व्यवसायीहरूले प्रतिकार गर्न थालेपछि उनीहरू बाहिरिएका थिए । धम्की दिनेहरूलाई प्रहरीले पक्राउ भने गर्न सकेन । उनीहरू बाहिरिएपछि मात्रै प्रहरी पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्