
काठमाडौं । पछिल्ला तीन दिन लगातार उकालो लागेको सेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २७ सय ७० अंक कायम भएर थामियो । कारोबार सवा ६ अर्ब हाराहारीमा सीमित भयो ।
सबै समूह राताम्मे रहँदा बीमा समूह सबै भन्दा उच्च दुई सय अंक बढीले ओरालो लागे । विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको ९८ लाख कित्ता सेयर ६ अर्ब २७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । १ सय ६० कम्पनीको मूल्य घट्दा जम्मा २२ कम्पनीको बढ्यो भने ५ कम्पनीको स्थीर रह्यो ।
बिहीबार मानुसी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशतले बढे भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।
प्रतिक्रिया दिनुहोस्