
काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट(पूर्ण बैठक)ले पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास गरेको छ ।
बिहीबार सर्वोच्च अदालतमा बसेको बैठकले नियमावली र निर्देशिका पास गरेको हो । योसँगै अब पेशी तोक्दा गोलाप्रथा लागू गरिनेछ ।सर्वाेच्चका न्यायाधीशहरूले पनि यही माग गर्दै आएका थिए ।
फुल काेर्ट बैठक बस्ने भएपछि प्रधानन्यायाधीशकाे पेशी ताेक्ने अधिकार खाेसिएकाे हाे ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाउनुभएको फुलकोर्ट बैठकमा भने उहाँ भने उपस्थित हुनु भएको थिएन । उहाँ बाहेक सर्वाेच्चका १९ जना न्यायाधीशले गरेको निर्णयमा जबराले हस्ताक्षर भने गर्नुभएको छ ।
सो नियमावली र निर्देशिका बिहीबारै कानुन मन्त्रालयमा पठाइने भएको छ । कानून मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि निर्देशिकाहरू राजपत्रमा प्रकाशित हुनेछन् ।
सर्वाेच्च प्रशासनका अनुसार राजपत्रमा प्रकाशित भएपछि मात्रै सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । योसँगै अब आइतबारबाट नियमित इजलास बस्ने वातावरण तयार भएको सर्वाेच्च प्रशासनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्