८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


तेह्रथुममा जापनिज च्याउ फलाउँदै भुवनसिंह, मासिक १ ला आम्दानी


0
Shares

तेह्रथुम । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको लहर चलेको बेला तेह्रथुमका भुवनसिंह लिम्बु गाउँमै रमाउनुभएको छ ।

नेपालमा रोजगारीको सम्भावना नदेखेर विदेशिने नेपालीका लागि उहाँ उदाहरणिय पात्रको रूपमा चिनिनुहुन्छ ।

वैदेशिक रोजगारीको पिडा भोगेर आउनुभएका लिम्बुले अहिले तेह्रथुमको लालिगुराँस नगरपालिकामा जापानिज सिताके च्याउ खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ ।

१० लाख लगानीमा च्याउ खेती सुरु गर्नुभएका उहाँले च्याउ बिक्रीबाट मात्रै मासिक एक लाखसम्म आम्दानी गर्नुभएको छ ।

३ रोपनी क्षेत्रफलमा लगाइएको च्याउ खेतीमा उहाँले गाउँका केही युवालाई रोजगारी समेत दिनुभएको छ । लिम्बुको फार्ममा उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीसम्म निर्यात हुँदै आएको छ ।