३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


‘स्वच्छ ऊर्जाको उत्पादन बढाऔं’


0
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न स्वच्छ ऊर्जाको उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले स्वच्छ ऊर्जाले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब सबै ठाउँमा विद्युतीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले पनि धेरै असर गरेको बताउँदै उहाँले त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो । विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिबद्धता भइसकेको समेत उहाँले स्मरण गराउनुभयो ।

जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र स्वच्छ ऊर्जालाई विस्तार गर्न मेहनत गर्नुपर्ने उहाँको भनाइ छ ।