
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा साढे ९ अर्ब रुपैयाँ बराबरको ग्रामीण उद्यम र आर्थिक विकास परियोजना शुभारम्भ गरेको छ ।
सरकार र विश्व बैंकको सहकार्यमा ८ करोड अमेरिकी डलरको परियोजना सुरु गरिएको हो ।
परियोजनाको बिहीबार कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हादाद जर्भोसले संयुक्त शुभारम्भ गर्नुभएको हो ।
परियोजनाका लागि विश्व बैंकले उक्त रकम बराबरको ऋण सहयोग गर्ने भएको हो । ग्रामीण क्षेत्रमा बजारीकरण प्रवर्द्धन गरी नेपालको कृषि क्षेत्रको विकासमा सघाउने परियोजनाको उद्देश्य छ ।
उद्यमशीलता विकासले कोभिड प्रभावित अर्थतन्त्रमा रोजगारी सृजना गरी सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्