
एजेन्सी । भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडपपछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो ।
दुई देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।
कठोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहेकाले तत्काल द्वन्द्व समाधान नहुने आँकलन गरिएको छ ।
भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि आज २३ औँ चरणको सीमा वार्ता हुन लागेको हो । भारत र चीनबीच अक्टोबरमा सैन्य संवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्