
एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा अतिवादीविरुद्ध सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना मुस्लिम धर्मगुरु मारिएका छन् । राजधानी कम्पालाभन्दा केही बाहिर विद्रोहीको अखडामा आक्रमणको क्रममा धर्मगुरु शेख मुहम्मद अब्बास किरेभु मारिएका हुन् ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको मृत्यु भएको युगाण्डाका अधिकारीहरुले जनाएका छन् । अब्बास किरेभु युगाण्डामा मस्लिम समुदायमा लोकप्रिय थिए ।
उनको नेतृत्वमा रहेको अतिवादी समुहले ‘एलाइड डेमोक्रेटिक फोर्सेस– एडिएफसँग मिलेर गत मंगलवार कम्पालामा आत्माघाति विष्फोट गराएको युगाण्डा सरकारको दावी छ । उक्त विष्फोटमा चार जना मारिएका थिए ।
त्यसपछि सुरक्षाकर्मीहरुले अतिवादी विरुद्धको खोजी अभियान तिव्र पारेका हुन् । सन् १९९० को दशकमा गठन भएको विद्रोही समुह एडिएफ अहिले प्रजातान्त्रिक गणतन्त्र कंगोमा आश्रय लिइरहेको छ । सन् २०१९ मा इस्लामिक स्टेटसँग आवद्ध भएयता यो संगठनले कंगो, युगाण्डा लगायतका देशहरुमा आक्रमण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्