२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

एकाएक मौसम बदलिएपछि बढ्यो चिसो, देशभर वर्षा र हिमाली भेगमा हिमपातको संभावना


0
Shares

काठमाडौं । एकाएक मौसम बदलिएपछि उपत्यकासहित देशभर चिसो बढेको छ । हिजोदेखि बदलिएको मौसम आज पनि देशभर कायम रहने भएको छ ।

नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेछ । जसकाकारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जल तथा माैसम विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज प्रदेश नं १ मा  आंशिक देखि सामान्य बदली  भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।

त्यस्तै, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेकाे छ भने उच्च पहाडी भेगमा वर्षासहित हिमपात र हिमाली भेगमा हल्का हिमपातको सम्भावान रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको संभावना रहेको छ ।

देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।