२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउन सक्ने कानुन


0
Shares

एजेन्सी । पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेकाे छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा बढिरहेको आक्रोशलाई मध्यनजर गदैे बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरिएको हो ।

पाकिस्तानमा गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने विषयमा एक अध्यादेश पनि ल्याइएकोमा अहिले ती प्रावधानलाई विधेयकको रुप दिइएको हो ।

उक्त विधेयक पाकिस्तानी संसदको संयुक्त सत्रबाट पारित गरिएको संचारमाध्यमहरुले जनाएका छन् । अब अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि मेडिकल बोर्डले मानिसलाई आजीवन नपुंसक बनाउन सक्ने छ । पाकिस्तानका कट्टर इस्लामिक समूहले भने यो विधेयकको चर्को विरोध गरेका छन् ।