
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजदेखि प्रदेशसभा निर्वाच क्षेत्र स्तरीय अधिवेशन शुरु भएको छ । हिमाली बाहेकका जिल्लाहरुमा आज विहानदेखि प्रदेशसभा स्तरीय नेतृत्व चयन शुरु भएको हो ।
तर सर्लाही, सिन्धुपाल्चो र रसुवामा वडा स्तरमै समस्या रहेकाले ती जिल्लामा भने पछि अधिवेशन गरिने भएको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भोलिसम्ममा सम्पन्न गर्नुपर्ने छ ।
यस अधिवेशनबाट ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका प्रत्येक क्षेत्रमा २७ जनाको कार्यसमिति चयन हुनेछ भने करीब ९ हजार पदाधिकारी चुनिने छन् । देशमा संघीय प्रणाली लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा स्तरीय अधिवेशन गरेको हो ।
कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्