१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं विश्वविद्यालयमा ऐन विपरीत स्नातकमा भर्ना, डा. केसीको ध्यानाकर्षण


0
Shares

Dr Gobinda kc hungerstrike government kp oli health education

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरीत काठमाडौं विश्व विद्यालयले स्नातक तहमा भर्ना गरेको विषयमा आफनो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा आयोगले तोकेको विद्यार्थीबाहेक विश्वविद्यालयका मेडिसिन संकायको डिनको छोरालाई भर्ना गरेको भन्दै आपति जनाउनुभएको हो ।

उक्त विषयमा अदालतले पनि चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकुलको अन्तरिक आदेश दिएको भन्दै डाक्टर केसीले लथालिंग भइसकेको मेडिकल क्षेत्रलाई आयोगले नियमन गर्न खोज्दा अवरुद्ध गर्न आदेशहरू जारी हुनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

पटक/पटक ऐन विपरीत चल्न खोज्ने काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई दण्डित गर्नसमेत डाक्टर केसीले आग्रह गर्नुभएको छ ।

केयुले आयोगले पठाएको नामलाई हटाएर कर्मचारी र स्थानीयको छोराछोरीलाई आरक्षण दिने भन्दै मेडिसिन विभागका डिन डाक्टर राजेन्द्र कोजुले छोराको नाम राखेपछि विवाद सिर्जना भएको हो