१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तालाई आइएमई जनरल इन्स्योरेन्सकाे तालिम


0
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ ।

बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो । तालिममा ओखलढुंगा र सोलुखुम्बुका गरी १५ जनाको सहभागिता रहेको थियो ।

दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि भएको कम्पनीको दाबी छ ।

तालिम पश्चात मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रूपमा सुधार आउने कम्पनीको अपेक्षा छ ।