१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बुर्तिबाङमा जिपले किचेर बालकको मृत्यु, ६ जना घाइते


0
Shares

डम्मर बुढा मगर
बागलुङ । बागलुङको बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला गाउँपालिका–२ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–५ का लेवेन्द्र कुवँर, विष्णु सापकोटा, सक्रेनी घर्ती र नरमला घर्ती तथा वडा नम्बर ७ का आकाश घर्ती र वडा नम्बर १ का नरकिताब सुनार घाइते भएका छन् ।

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको छ भने नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

अन्य घाइतेहरुको हातगोडा र ढाडमा चोट लागेको छ । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्किएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ ।

चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।