१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


योगको महत्व संसारभर छ : प्रधानमन्त्री देउवा

रामदेवलाई देउवाको आश्वासन– ‘आयुर्वेदिक औषधि बनाउन आवश्यक सहयोग सरकारले गर्छ’

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताउनुभएको छ ।

शुक्रबार पतञ्जली योगपीठ नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताउनुभयो ।

उहाँले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरूको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउन आएको भन्दै प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामदेव र आचार्य बालकृष्ण पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्न काठमाडौं आएका हुन् ।