१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केद्रकाे वडा सम्मेलन शनिबार

पार्टी सदस्य ७ लाख ३५ हजार पुगेको दावी

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले देशभरका वडाहरूमा भोलि (शनिबार) वडा सम्मेलन हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको जानकारी गराएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाच समिति खटाउने भएको छ ।

यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले २५ गते प्रदेशको नेतृत्व चयन गर्दैछ । जसका लागि पालिकामा पाँच सदस्यीय निर्वाचन समिति र प्रदेशमा सात सदस्यीय समितिको व्यवस्था गर्न लागिएको जानकारी दिइयो ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ । राष्ट्रिय सम्मेलनपछि देशभर माओवादी केन्द्रको ३ लाख निर्वाचित सदस्य र ८ हजार भन्दा बढी समिति गठन हुने कार्यालय सचिव शिव खकुरेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले आफ्नो पार्टी सदस्यको संख्या ७ लाख ३५ हजार पुगेको पनि जानकारी गराएको छ ।