२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ईमेज समाचार प्रभावः अन्ततः कौशिल्याले पाइन राहत


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर । वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेशमा बितेपछि आवश्यक कागजातको अभावमा क्षतिपुर्ति तथा राहत नपाएकी कृष्णपुर ६ की कौशिल्या विकले अन्ततः राहत पाउनुभएको छ ।

उहाँले श्रीमान बितेको ६ महिनापछि बिमा कम्पनी तथा श्रम बोर्डबाट गरी राहत स्वरुप २० लाख रकम पाउनुभएको हो । रोजगारीका क्रममा कौशल्याका श्रीमान जयसिंह विकको गत वैशाखमा साउदी अरबमा मृत्यु भएको थियो । श्रीमानले आवश्यक काजगात घरमा नछोड्दा उहाँले क्षतिपूर्ति तथा राहतका लागि पहल गर्न सक्नुभएको थिएन ।

यस विषयमा इमेज च्यानलमा गत भदौ २० गते विस्तृत रिपोर्ट प्रशारण भएको थियो । सोहि रिपोर्टका आधारमा सरोकारवालाहरुको ध्यानाकृष्ट भएपछि आफूले राहत रकम पाएको बिकको भनाई छ । कौशिल्याका श्रीमानको वैदेशिक रोजगारीका लागि साउदी अरब गएको पाँच महिनामै मृत्यु भएको थियो ।