१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मजदुरले गरे सडक अबरुद्ध


0
Shares

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् ।

पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ । मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका छन् ।

सडकखण्ड बिहानैदेखि अवरुद्ध भएकाले प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

यसअघि गत असारमा २१ दिन पाटन–पञ्चेश्वर सडकखण्डको प्रवेशद्वार पाटन बजारनजिकै २१ दिन रिलेअनशन बसेका थिए । त्यतिबेला पनि आश्वासनकै भरमा अनशन तोडेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष माग गर्दै उनीहरुले पारिश्रमिक र रोजगारीको सुनिश्चतताको माग पनि गरेका थिए ।