२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति


0
Shares

बिराज रोस्यारा

कैलाली । नेपाली कांग्रेस कैलालीमा पनि अधिवेशनको मिति तय भएसँगै चहलपहल बढेको छ । सुदूरपश्चिमका जिल्लाहरु मध्ये महत्वपूर्ण मानिने कैलालीको सभापतिमा आधा दर्जन आंकाक्षी देखिएका छन् भने पदाधिकारीमा पनि आंकाक्षी त्यति नै छन् ।

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । सभापतिको दौडमा धनगढी उप महानगरपालिकाका मेयर नृप बम, वड, नारायणदत्त भट्ट, गणेश देउवा र खेमराज चौधरीको नाम पनि चर्चामा छ ।

यो पटक ६ जना नेताले सभापति हुन चाहेको कांग्रेस जिल्ला सभापति नरनारायण शाह मनुले बताउनु भयो । छ जनानै सभापतिकालागि योग्य देखिएकाले यो पटक कैलालीको सभापतिमा तिव्र प्रतिश्प्रधा हुने देखिन्छ । त्यसमा पनि सबैले एक अर्कालाई नस्वीकार्ने परिस्थिति बन्दै गएको र तिव्र तयारी अगाडि बढाएकाले पनि कैलालीको यो चुनाव हेर्नलायककै देखिने छ ।

संस्थापन पक्षबाटै धेरै जना सभापतिका आकांक्षी देखिएपछि सहमती जुटाउन पनि निकै सकस परेको देखिन्छ । यतिबेला नेताहरु एक अर्कामा सहमती जुटाउन छलफल र भेटघाटमा निकै ब्यस्त भए पनि सहमति झनै टाढीदै गएको छ । ‘संस्थापन पक्षबाटै सभापतिका उम्मेदवार बनेका नेताहरु आ– आफ्नै अडानमा भएकाले अहिले नै कुरा मिली हाल्ने अवस्था पनि छैन’, कांग्रेस कैलालीको सभापति पदका उम्मेदवार प्रकाश बमले भन्नुभयो ।

छ जनाकै आ–आफ्नै बलियो पृष्ठभूमि भएकाले कैलाली काग्रेंसको अधिवेशन रोचक र घोचक पनि हुने देखिएको छ । सबै भन्दा बलिया उम्मेदवारका रुपमा प्रकाश बम र नारायणदत्त भट्टलाई हेरिएको छ । शेर बहादूर देउवा निकटकै रहेका दुवै जना बलिया उम्मेदवार रहेको कार्यकर्ताहरुको आंकलन छ । प्रकाश बमलाई बर्तमान सभापति नरनारायण शाहको समर्थ रहेको छ ।

नारायण भट्टलेपनि केन्द्रिय सभापति शेर बहादूर देउवाको उम्मेदवार आफै रहेको भन्दै कैलालीको सभापति आफै बन्ने दावी गर्नुहुन्छ अर्को सभापति पदका उम्मेदवार नारायण भट्ट । जिल्लाका १३ वटै पालिकामा काग्रेंसले नयाँ नेतृत्व चयन गरिसकेको छ । केही पालिकामा सहमतिबाट नेतृत्व चुनेपनि अधिकाशं पालिकामा निर्वाचन प्रणालीबाट नेतृत्व छनौट भएका हुन् । त्यसैले पनि चुनावको तिथि जति नजिकीदो छ त्यति नै चुनावी माहौल पनि तातीदो छ । तर, अहिलेसम्म कस्को माहौल कस्तो ? आंकलन गर्न नसकीए पनि चुनावको दिनसम्म भने त्यो देखिने नै छ ।