८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘संस्थापक नेताहरुको सपना पुरा गर्न सक्षम छु’ : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उहाँले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पुरा गर्न आफु सक्षम भएको बताउनु भएको हो ।

‘किस्नुजी, गणेशमान जीको,विपी जीको जनताको जिवनयापन सहज बनाउने र विकसित नेपालको सपना देख्नु भएको थियो उहाँहरुको सपना पुरा गर्न आफु सक्षम रहेको नेता सिंहले बताउनुभयो । जनताका प्रतिनिधी भएपछि जस्तोजुकै अवस्थामा पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उहाँको भनाई थियो ।

साथै, नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नु पर्ने बताउनु भयो । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताउनु भएको थियो ।