
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको दावी गर्नुभएको छ ।
पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताउनुभयो ।
मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।
उहाँले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्