
जनकपुर । मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै एमालेको असन्तुष्ट पक्षले धनुषामा प्रदर्शन गरेका छन् ।
एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् ।
धनुषा जिल्लामा स्थायी समिति सदस्य महासेठले गुटबन्दी गरेकाले उनको विरुद्धमा बाध्यतावश उत्रिनु परेको एमाले प्रदेश २ का प्रमुख सचेतक किशोरी साहले बताउनुभयो ।
महासेठले आफ्ना आसेपासे तथा नातागोतालाई मात्र प्रतिनिधि छनोट गरेका असन्तुष्ट पक्षको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्