१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रकाशमान भेट्न चाक्सीबारीमा शशांक, मागे माफी


0
Shares

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्नुभएको छ । सिंहलाई भेट्न महामन्त्री कोइराला उहाँकै निवास चाक्सीबारी पुग्नुभएको हो ।

भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेको बताइएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी कोइराला र सिंहबीच केही सातायता घोचपेच चलेको थियो ।

शनिबारको भेटपछि दुवै जनाले संयमित भएर अघि बढ्ने समझदारी गरेका छन् । सिंह एक्लै सभापतिको तयारीमा अघि बढेपछि शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सबै जना मिलेर जानुपर्ने अवस्था रहेको भन्दै नेताहरू एकपछि अर्कोले भेटेर सिंहलाई फकाउने प्रयास गरिरहेका छन् ।

सिंहलाई बिहीबार वरिष्ठ नेता पौडेल र शुक्रबार केन्द्रीय सदस्य शेखर कोइरालाले पनि भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार
प्रकाशमान र शशांकको जुहारी