
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यता, पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।
यसमध्ये एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।
प्रतिक्रिया दिनुहोस्