१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक महिनापछि जयपृथ्वी राजमार्ग सुचालु


0
Shares

बझाङ । बेमौसमी वर्षाका कारण राजमार्ग बगाएपछि एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सुचालु भएको छ ।

गत कात्तिकमा परेको बेमौसमी बर्षाका कारण राजमार्ग सेती नदीले बगाएको थियो । राजमार्गको नारुगौडा र जाल्या बगरको सडक नदीले बगाएको थियो ।

राजमार्गमा ठूलो क्षति भएका कारण निर्माणमा समस्या हुँदै आएको थियो ।

एक महिनाको निर्माणपछि शनिबारबाट राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।