२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्वदलीय बैठक बसेर एमसीसीबारे निष्कर्षमा पुग्छौं : अध्यक्ष दाहाल

‘रामदेवको प्रशंशा गरेको हुँ, टिभीको कानुनी प्रक्रियाबारे थाहा छैन’

0
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बसेर एमसीसीबारे निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

शनिबार भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले एमसीसी अनुदान फिर्ता गर्न नहुनेमा जोड दिँदै सच्याउनुपर्ने बुँदाहरूबारे गहिरोसँग छलफल गर्न आवश्यक भएको तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले न्यायालयभित्र राजनीतिक दलको हस्तक्षेप नदेखिनेगरी भित्रैबाट समाधान होस् भन्ने पर्खाइमा रहेको बताउनुभयो । गठबन्धनको तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो औपचारिक बैठकले यसबारे बोलिसकेको उहाको भनाइ छ ।

बैठकपछि जारी विज्ञप्तिमा न्यायालयको विवादबारे चासो व्यक्त भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गरिएको थियो ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले रामदेव अन्यजस्तो धर्मभिरु नभएको भन्दै आफूले प्रसंशा गरेको बताउँदै आस्था टिभीको कानुनी प्रकृयाबारे आफू अनविज्ञ रहेको बताउनुभयो । यद्यपि आयोजकले विधिसम्मत सञ्चालन गर्न लागेको जानकारी गराएको उहाँको भनाइ छ ।