१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा बस दुर्घटना हुँदा २९ घाईते


0
Shares

दाङ । सुर्खेतबाट काठमाडौं आईरहेको यात्रुबहाका बस गएराति दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ । केही घाइतेको लमहीमै उपचार भईरहेको छ । कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस राति साढे दुई बजे दुर्घटना भएको हो । बसको पट्टा भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ३९ जना सवार थिए ।