
काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । हिजो गरेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।
प्रहरी उपरीक्षक दिलीप घिमिरेले विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा गरिएको जनाएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको छ । त्यस्तै, वसन्त रजौरेलाई नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालबाट जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्