
एजेन्सी । स्पेनिस लिग फुटबलमा ग्रानाडालाई हराउँदै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।
रियालका लागि मार्को एसेन्सीयो, नाचो, भिनिसियस जुनियर र फर्लान्ड मेण्डीले एक एक गोल गरे । ग्रानाडाका लुइस सुवारेजले एक गोल फर्काए ।
गएराति भएको अर्को खेलमा रियाल सोसीडाडले भ्यालेन्सीयासँग गोलरहित बराबरी खेलेपछि रियाल मड्रिड शिर्ष स्थानमा उक्लिएको हो । १३ खेलबाट रियाल मड्रिडको ३० अंक भएको छ भने एक खेल बढी खेलेको सोसीडाड २९ अंकसहित दोस्रो स्थानमा रहेको छ । १३ खेलबाट २० अंक जोडेको बार्सिलोना छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्