२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


म्यान्चेस्टर सिटी विजयी


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन राहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

जितसँगै सिटीले १२ खेलबाट २६ अंक जोडेको छ । सिटी लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । एभर्टन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई २÷१ ले हराएको छ । इटालीयन प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा टोटनह्यामको यो पहिलो जित हो ।