१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिरासतमा इच्छाराज तामाङ : १४ सय ६९ जनाले दिए ठगिएको जाहेरी


26
Shares

दिपक श्रेष्ठ

काठमाडौं । सिभिल ग्रुपका सञ्चालक इच्छाराज तामाङ हिरासतमा रहेको दुई महिना बित्दा उनी विरुद्ध उजुरी आउने क्रम रोकिएको छैन । सीआईबीले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म १४ सय ६९ जनाले ठगी विरुद्ध जाहेरी दिएका छन् । निक्षेपकर्ताको पैसा सहकारीले दिन नसक्दा उपचार गर्न नपाएर आठ जनाको ज्यान गइसकेको छ ।

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी आउने क्रम बढ्दै गएको छ ।सिभिल को–अपरेटिभबाट ठगिएको भन्दै मसिर ५ गते आइतबारसम्म आइपुग्दा १४ सय ६९ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

सिभिलले निक्षेपकर्ताको उपचार गर्न नपाएर ८ जनाको मृत्यु भइसकेको छ । सिभिल कोअपरेटिभले पैसा नदिँदा यी ८२ वर्षीय विश्वनाथ सिंह चारैतिर गुहार गर्दै धाइरहेका छन् । बुढेसकालका लागि साँचेको पैसा फिर्ता नपाएपछि औषधि उपचार, सन्तानको शिक्षा र घर परिवारको समस्या परेको उनी बताउँछन् ।

इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ मात्र नभै उनिहरुको परिवारको नजिकका सद्स्यलाइ समेत हिरासतमा राखेर गहिरो अनुसन्धान गर्न जरुरी रहेको निक्षेपकर्ता अर्का निक्षेपकर्ता डिल्लीप्रसाद भट्टराई को भनाइ छ । पीडितहरुकोगुनासोप्रति राष्ट्र बैंक चासो नदेखाएकोमा निक्षेपकर्ताहरु खिन्न छ । आफूहरुले देशको कानुनी प्रक्रिया पूरा गरेको वित्तीय संस्थामा बचत गरेको भन्दै उनीहरु केन्द्रीय बैंक बेखबर भएर बस्न नमिल्ने बताउँछन् निक्षेपकर्ता डा. प्रेमरत्न स्थापित ।

सीआईबीले सिभिल ग्रुपका सञ्चालक इच्छाराम तामाङसहित १२ जनालाई दुई महिनादेखि थुनामा राखेरै अनुसनधान गरिरहेको छ । सीआईबीले उनीहरूविरुद्ध हालसम्म ५ अर्ब ५७ करोड ८४ लाख ९५ हजार ३ सय २९ रुपैयाँबराबरको ठगीको जाहेरी परेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिनुभयाे ।

हिरासतमा रहेका आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतबाट संगठित अपराधमा ६० दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको छ । नागरिकको बचतमाथि गरिएको वित्तीय अपराधका दोषीमाथि कारवाही र भविष्यमा यस्ता घटना नदोरियून भनेर सरोकारवालाहरु सचेत हुन आवश्यक छ ।