
काठमाडौं । आज सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । हिजोको मुल्यमा सुन दुईसय रुपैयाले वृद्धि हुँदा चाँदी पनि १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार ७ सयको गिरावट आउँदा हिजो आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य सोमबार प्रतितोला १२ सय ७० भएको छ ।
हिजोको तुलनामा चाँदी आज तोलामा १० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔस १८ सय ४८ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔंस २४ दशमलव ७३ डलर छ ।
प्रतिक्रिया दिनुहोस्