
जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् ।
पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि चासो नदेखाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उप महानगरपालिकाको मूल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् ।
नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नगरेपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ ।
तालाबन्दी र धर्नाबाटसमेत नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्