१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सूर्यवंशी’को १७ दिनको व्यापार कति ?


0
Shares

एजेन्सी । मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा गजबको व्यापार गरेको छ । रोहित शेट्टीले निर्देशन गरेको फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् ।

दर्शकको माया र साथले फिल्को बक्सअफिस कलेक्सन पनि तीव्र गतिमा बढेको छ । फिल्म रिलिजको १७ दिनमा २ सय ६६ करोड २३ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको बलिउड हंगामाले लेखेको छ ।

५ नोभेम्बर बाट प्रदर्शनमा आएको फिल्म हेर्न दर्शकहरू लामो समयदेखि प्रतिक्षारत थिए । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाली बजारलाई पनि सूर्यवंशीले तताएको छ ।

पहिलो साता १ सय ९० करोड, दोस्रो साता ६६ करोड र तेस्रो साताको पहिलो दिन ४ करोड ३१ लाख तथा दोस्रो दिन ५ करोड २० लाख रुपैयाँ संकलन गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले जनाएको छ ।

फिल्म १ सय ६५ करोडमा निर्माण भएको हो ।