
बैतडी । वाई–वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउन सुदूरपश्चिम प्रदेशले १८ सदस्यीय टोली घोषणा गरेकाे छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार खड्कबहादुर बोहराको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो ।
उपकप्तानमा नारायण जोशी, विकेटकिपर अर्जुन साउँद तथा खेलाडीहरू नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की अन्तिम १४ मा अटाएका छन् ।
यस्तै, अर्जुनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र विरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
कात्तिक २४ गतदेखि मंसिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको हो ।
नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ७ गतेदेखि काठमाडौंमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैन ।
प्रतिक्रिया दिनुहोस्