
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
१ सय ५ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
उसका लागि मारिको हिलले नटआउट ४२ रनको पारी खेल्दा कप्तान क्यारी चानले १७, नतासा माइल्सले १६ तथा इम्मा लाइले नटआउट १४ रन बनाए ।
बलिङतर्फ नेपालका कविता कुँवर, सीता रानामगर र सबनम आलमले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४ रन बनायो ।
उसका लागि सीता रानामगरले नटआउट ४० रन बनाउँदा इन्दु बर्माले ३१, काजल श्रेष्ठले ४ तथा कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन जोडे ।
बलिङतर्फ हङकङका बेट्टी चान र क्यारी चानले एक–एक विकेट लिए ।
छनोटअन्तर्गत नेपालले मंगलबार दिउँसो सवा ३ बजे भुटानसँग र बिहीबार विहान सवा ११ बजे कुवेतसँग भिड्दैछ ।
नेपाल, भुटान, कुवेत, हङकङ, माल्दिभ्स र युएई गरी ६ टीमको सहभागी हुने प्रतिस्पर्धाको शीर्ष टीमले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस्