२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


भोजपुरमा चिराइतोको मूल्य बढ्यो, कृषक उत्साहित


0
Shares

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका कृषक उत्साहित भएका छन् ।

पाँचवर्ष अगाडिदेखि ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएपछि कृषक उत्साहित भएका हुन् ।

यसअघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएका थिए ।

मूल्यमा वृद्धि हुन थालेपछि चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् ।

गत वर्ष आठदेखि दश हजार रुपैयाँसम्म बिक्री भएको चिराइतो अहिले कृषकको घरबाट प्रतिमन २६ देखि २८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको कृषक एकराज विष्टले बताउनुभयो ।

यस वर्षबाट मूल्य बढेपछि उनीहरु यसको विस्तारमा जुटेको कृषकहरुको भनाइ छ ।