१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको छु : रामबहादुर थापा


26
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता रामबहादुर थापाले आफूहरूले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताउनुभएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजकसमेत रहनुभएका नेता थापाले आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउने गरी महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरिने उल्लेख गर्नुभयो ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनःसत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको जिकिर गर्नुभयो ।

थापाले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरूको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको बताउनुभयो ।

पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिवाद गर्दै आसन्न महाधिवेशनबाट एमालेको जनपरिचालनले सामर्थ्य प्रदर्शित गरिने बताउनुभयो ।