२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्याङ्जामा बुबाको किरिया बसेर मत माग्दै खड्का


0
Shares

सागर न्यौपाने
स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार अनौठो दृश्य देखियो ।

वालिङ खेल मैदानमा भइरहेको मतदानमा झुपो टाउकामा राखेको र सेतो कपडाले बेरिएका व्यक्ति मत माग्दै पुगे ।

बुवाको मृत्यु भएको चौथो दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन भएपछि गल्याङ नगरपालिका–७ घर भएका खड्का विहानैदेखि मत माग्दै हिँडिरहनुभयो ।

यसअघि सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहनुभएका उहाँलाई सोमबार मतदान स्थलमा देख्दा सबै अचम्ममा परेका थिए ।

दुई पक्षबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको यस निर्वाचनमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँड र ध्रुव पंगेनीको क्षेत्रीय सभापतिमा उम्मेद्वार रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्रीय समितिको लागि र केन्द्रीय महाधिवेशन प्रतिनिधिको वालिङमा १२ सय ३० जना मतदाताले मतदान गर्दैछन् ।