
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिने भएको छ ।
प्रचार सहयोग समिति चितवनले भरतपुरमा पत्रकार सम्मेलन गर्दे नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधि प्रयोग गर्दै मञ्च निर्माण भइरहेको जानकारी गराएको हो ।
मङ्सिर ९ गते हस्तान्तरण गर्नेगरी मञ्च निर्माणको काम भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको छ । त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्