
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले स्मार्ट प्रहरी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।
कन्ट्रोल रुममा बसेर २ सय ७४ वटा सीसी क्यामेरामार्फत सम्पूर्ण ललितपुरका शहरी क्षेत्रका गतिविधि निगरानी गर्न सकिने प्रहरीले जनाएको छ ।
कन्ट्रोल रुमको शुभारम्भ गर्दै महानगरी प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले अत्याधुनिक प्रहरी कन्ट्रोल रुम शान्ति सुरक्षाका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर प्रहरी परिसर प्रमुख किरण बज्राचार्यले आफ्नो कार्यकालमा एउटा चुस्त, दुरुस्त मास्टर प्रहरी कन्ट्रोल रुम स्थापना गरेर जान पाउँदा खुसी लागेको बताउनुभयो ।
कन्ट्रोल रुमबाट २० जना जनशक्तिले ३ सिफ्ट्मा सेवा दिन सक्नेछन् । कार्यक्रममा कन्ट्रोल रुम निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्