२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एनआरएनएको महाधिवेशन फेरि सरकारी हस्तक्षेप


0
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकामाथि फेरि हस्तक्षेप गरेको छ । योसँगै एनआरएनएको नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित भएको छ ।

मन्त्रालयले कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन गर्न रोक लगाएर संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ । पछिल्लो पटक एनआरएनएको महाधिवेशन मंसिर २९ मा हुने कार्यताकिा सार्वजनिक भएको थियो ।

त्यसअघि गत कार्तिक ३ गते निर्वाचन गर्नेगरी कार्यतालिका बनेको थियो । त्यसमा पनि परराष्ट्रले हस्तक्षेप गरेको थियो । वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल पूरा भइसकेको भन्दै परराष्ट्रले संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्न, नगराउन निर्देशन दिएको छ ।

अध्यक्ष पन्त नेतृत्वको कार्यसमितिको कार्यकाल ६ महिना थप गरिएको थियो ।

मन्त्रालयले ‘हाल संघमा देखिएका विवादहरूको समाधान गरी २०२१ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदबाट मात्र गर्नु, गराउनु भन्दै संरक्षक परिषदलाई निर्देशन दिएको छ ।

संघको प्रमुख संरक्षकमा पूर्व अध्यक्ष शेष घले रहनुभएको छ ।